चितवनमा अण्डाको मूल्यमा भारी गिरावट, ठूलो अण्डा प्रतिक्रेट रु ३७५ कायम

spot_img

चितवन,२५ माघ । अण्डाको मूल्यमा भारी गिरावट आएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य घटाएको जनाएको छ। सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार, नेपालमा अण्डाको उत्पादन बढेको र यही समयमा भारतबाट पनि अण्डा आयात भएको कारण मूल्यमा गिरावट आएको हो।

अब समर्थन मूल्यअनुसार ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ३७५ र मिडियम रु ३३५ कायम गरिएको छ। यसअघि माघ २२ गते ठूलो अण्डा प्रतिक्रेट रु ४३५ र मिडियम रु ४०५ रहेको थियो भने माघ ११ गते ठूलो अण्डा रु ४९५ र मिडियम रु ४७५ पुगेको थियो।

गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च थियो। तत्कालीन समयमा फार्ममा ठूलो अण्डा रु ५६५ प्रतिक्रेटमा र मझौलो रु ५५० मा बिक्री भएको थियो।

अध्यक्ष पोखरेलका अनुसार, भारतीय सेतो अण्डा धेरै भित्रिएपछि र घरेलु उत्पादन बढेपछि यहाँको अण्डाले बजार र मूल्य पाउन सकेको छैन। भारतीय अण्डा रोक्न सङ्घले सरकारसँग निरन्तर माग गर्दै आएको जानकारी उनले दिए।

अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा परेको छ। यस आधारमा प्रतिक्रिया अनुसार ३० वटा अण्डाको लागत मूल्य रु ५७४ छ। समर्थन मूल्य नजिक आएपनि पुनः मूल्य घटेपछि किसानहरू निराश बनेका छन्।

सङ्घले देशभरका फर्मबाट मूल्य संकलन गरी चितवनलाई आधार मानेर अण्डाको समर्थन मूल्य जारी गर्ने गर्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once