रामजी प्रसाद कुर्मी एमाले प्रवेश, रिमा यादवको चुनावी समर्थन गर्ने प्रतिबद्ध

spot_img

वीरगंज,२५ माघ । पर्सा क्षेत्र नं. २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. २६ का निवासी रामजी प्रसाद कुर्मीले नेपाली कांग्रेस परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गरेका छन्।

एमाले वीरगञ्ज महानगर कमिटीको कार्यालयमा आयोजित कार्यक्रममा कुर्मीलाई पार्टीमा स्वागत गर्दै केन्द्रीय सदस्य तथा वीरगञ्जका पूर्व मेयर विजय सरावगी र मधेश प्रदेश कमिटीका उपाध्यक्ष तथा वीरगञ्ज महानगर इन्चार्ज विचारी यादवले स्वागत गरे।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै कुर्मीले आफू एमालेमा प्रवेश गर्नुको मुख्य कारण परिवर्तनको चाहना रहेको बताएका छन्। उनले कांग्रेसले एउटै नेतालाई पटक–पटक टिकट दिन्छ तर ती नेता सांसद वा मन्त्री बनेपनि जिल्ला तथा क्षेत्रको विकासमा उल्लेखनीय योगदान गर्न नसकेको आरोप पनि लगाए। यही कारणले कांग्रेस परित्याग गरी परिवर्तनको विकल्पका रूपमा एमाले रोजेको बताए।

कुर्मीले आगामी निर्वाचनमा एमाले पर्सा क्षेत्र नं. २ की युवा तथा महिला उम्मेदवार रिमा कुमार यादवलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा एमाले वीरगञ्ज महानगर कमिटीका कार्यवाहक अध्यक्ष इलयाकत अली, लेखा समिति संयोजक अजय साह, नेता मुकेश द्विवेदीलगायतका पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once