Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
27.1 C
Kathmandu

राप्रपाले दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न सरकारसँग माग

spot_img

काठमाडौं,२४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक संरक्षण अभियानका संयोजक दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ।

शनिबार जारी विज्ञप्ति अनुसार, राप्रपाले दुर्गा प्रसाईंलाई पटकपटक पक्राउ गर्नु राज्यद्वारा फरक मान्यतालाई दबाउने र नागरिक स्वतन्त्रता हनन गर्ने प्रयास भएको ठहर गरेको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले भने, “राज्यले एउटा व्यक्तिमाथि प्रतिशोध साँध्नु अनुचित मात्र होइन, यसले नागरिकले स्वतन्त्रतापूर्वक हिँड्न, डुल्न, बोल्न, लेख्न र शान्तिपूर्ण विरोध गर्न पाउने संविधान प्रदत्त अधिकारलाई समेत कुण्ठित गरेको छ।”

विज्ञप्तिमा पार्टीले दुर्गा प्रसाईंलाई बिना शर्त र तुरुन्त रिहा गर्न सरकारसँग माग गरेको जानकारी पनि दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once