Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
27.1 C
Kathmandu

जनकपुरमा कांग्रेसको मधेश सभा फागुन ६ मा सारियो

spot_img

काठमाडौं,२४ माघ । नेपाली कांग्रेसले जनकपुरमा गर्ने भनिएको सभा एक दिन अघि सारेको छ । यसअघि कांग्रेसले उक्त सभा फागुन ७ गते गर्ने तय गरेको थियो ।

शनिबार बसेको मधेश प्रदेश कार्यसमिति बैठकले फागुन ६ (बुधबार) तृतीय गाछीमा मधेश सभा आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले सभाको प्रचार–प्रसारको जिम्मेवारी नितेश कुमार गुप्तालाई तथा मञ्च व्यवस्थापनको जिम्मेवारी योगेन्द्र पञ्जियारलाई प्रदान गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी, मधेश सभाको समग्र तयारी, व्यवस्थापन तथा संगठनात्मक विषयमा व्यापक छलफल गर्दै सभालाई प्रभावकारी र सफल बनाउन मधेश प्रदेशका सबै ३२ निर्वाचन क्षेत्रबाट लाखौँ सहभागीहरू बोलाउने निर्णय गरिएको मधेश प्रदेश प्रचार प्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले बताए ।

सभामा पार्टी सभापति गगन कुमार थापा प्रमुख अतिथिका रुपमा सहभागी हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once