Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
25.1 C
Kathmandu

मतदान अघि आचारसंहिता उल्लङ्घन, प्रहरीको कारवाहीमा २५ जना पक्राउ

spot_img

काठमाडौँ,२४ माघ । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा ‘द डेन्जरस स्कुल’ नामक समूहका २५ जना युवालाई सुर्खेतबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिबार दिउँसो वीरेन्द्रनगर नगरपालिका–११ स्थित धुलियाबिट नजिकै तीनकुने चोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिए।

बुढ्थापाका अनुसार वीरेन्द्रनगर–३ तातापानीमा आधारित सो समूहले स्थानीय प्रशासनको अनुमति बिना कालो र सेतो रङको झन्डा बोकी मोटरसाइकल र्‍याली निकालेको थियो। उनले भने, ‘र्‍यालीका क्रममा होहल्ला गरी सार्वजनिक शान्ति भङ्ग भएको र आसन्न निर्वाचनको आचारसंहिता तथा निर्वाचन कानुनले निषेध गरेका कार्यहरू गरी सुरक्षा चुनौती थपियो।’

जिल्ला प्रहरी कार्यालय सुर्खेत र नगर प्रहरी कार्यालयबाट खटिएको ३० जनाको विशेष टोलीले दिउँसो २:५० बजे उनीहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेहरूको साथबाट ८ वटा मोटरसाइकल र ४ वटा स्कुटी समेत बरामद गरिएको छ।

बुढ्थापाले भने, ‘निर्वाचनको समयमा शान्ति सुरक्षामा खलल पुग्नेगरी बिना अनुमति र्‍याली निकाल्ने र आचारसंहिता उल्लङ्घन गर्ने जो कोहीलाई पनि कानुनी दायरामा ल्याइनेछ। नियन्त्रणमा लिइएका २५ जनामाथि थप अनुसन्धान भइरहेको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once