Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
25.1 C
Kathmandu

बहुदरमाई–४ मा नेकपाको संगठनात्मक विस्तार, २५ सदस्यीय कमिटी घोषणा

spot_img

वीरगंज,२४ माघ । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बहुदरमाई नगरपालिका वडा नं. ४ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को वडा भेला सम्पन्न भएको छ।

भेलाले भुखल यादवको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरेको छ। नवगठित कमिटीको उपाध्यक्षमा तैयब अन्सारी र बिरेन्द्र सहनी चयन भएका छन् भने सचिवमा संजय कुमार साह, सह–सचिवमा नरेश प्रसाद यादव र कोषाध्यक्षमा जगदीश राउत चयन भएका छन्। सदस्यहरूमा क्रमशः उमाशंकर राउत, मोटर पडितलगायत रहेका छन्।

भेलालाई सम्बोधन गर्दै पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार मनोज कुमार चौधरीले जनताबाट बहिष्कृत पुराना दल नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्नुपर्ने आवश्यकता औंल्याए। उनले राज्यका धरोहरहरू जलाउने र परिवर्तनको नाममा अराजकता तथा बितण्डा मच्चाउने घण्टी छापका पक्षधरहरूलाई पनि क्षेत्रबाट परास्त गर्नुपर्नेमा जोड दिए।

पार्टीका केन्द्रीय सदस्य बिपिन यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू बृजलाल पासवान, बिरेन्द्र यादव तथा नेताहरू दिपेन्द्र सिंह पटेल, जयशंकर यादवलगायतले मन्तव्य व्यक्त गर्दै संगठन सुदृढीकरण र चुनावी तयारीलाई प्रभावकारी बनाउन आह्वान गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once