Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
25.1 C
Kathmandu

सङ्गठनका प्राथमिकताहरू गुणस्तरीय रूपमा सुधार्नुपर्नेमा महानिरीक्षक कार्कीको जोड

spot_img

काठमाडौं,२३ माघ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको उपस्थितिमा वार्षिक कार्यसम्पादन सम्झौता २०८२/८३ को अर्धवार्षिक कार्य प्रगति समीक्षा कार्यक्रम आज प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले साङ्गठनिक हित र संस्थागत विकासका निमित्त सङ्गठनका प्राथमिकताहरू पहिचान गरी कार्ययोजनामा भएका क्रियाकलापहरूलाई गुणस्तरीय रूपमा सम्पादन गर्नुपर्ने बताए ।

वार्षिक लक्ष्य हासिल गर्न आगामी दिनमा कार्यसम्पादन सम्झौताको कार्यान्वयनमा थप व्यावसायिकता प्रदर्शन गर्दै कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए ।

प्रहरी महानिरीक्षक कार्कीले अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापनलगायतका प्रहरी कार्यलाई थप चुस्त र व्यवस्थित बनाउँदै प्रभावकारी प्रहरी परिचालनमा विशेष जोड दिनुपर्ने बताए ।

ट्राफिक व्यवस्थापन एवं सवारी दुर्घटना न्यूनीकरणमा सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्नुपर्ने उल्लेख गर्दै उनले फरार अभियुक्त पक्राउ, आर्थिक तथा वित्तीय अपराध, राजस्व चुहावट नियन्त्रण एवं आपराधिक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउनसमेत प्रहरी थप सक्रिय हुनुपर्ने बताए ।

उक्त समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेन्द्रप्रसाद भट्टले नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गतका पाँचवटै विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल प्रहरी अस्पताल, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र सातवटै प्रदेश प्रहरी कार्यालयको समग्र कार्यसम्पादन सम्झौताको अर्धवार्षिक प्रगति समीक्षासम्बन्धी प्रस्तुतिकरण गरेका थिए ।

प्रस्तुतिकरणमा कार्यसम्पादन सम्झौता २०८२र८३ को अर्धवार्षिक अवधिका प्रमुख उपलब्धि, कार्यसम्पदान सम्झौता कार्यान्वयनका चुनौती, प्रगति प्रतिवेदनमा देखिएका समस्या र कार्यसम्पदान सम्झौता कार्यान्वयनमा सुधारका क्षेत्रलगायत विषयवस्तुहरू समेटिएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, प्रहरी वरिष्ठ अधिकृतलगायतको उपस्थिति रहनुका साथै सातवटै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश प्रहरी गण, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once