Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
25.1 C
Kathmandu

“बदलिएको कांग्रेसले शासन र देश परिवर्तन गर्छ” : सभापति गगन थापा

spot_img

काठमाडौँ,२१ माघ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले बदलिएको नेपाली कांग्रेसले देश परिवर्तन गर्ने बताएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले पार्टी नयाँ ढङ्गले अघि बढेको र युवासँग सहकार्य गर्दै अघि बढ्न चाहेको उल्लेख गरेका हुन् ।

‘नेपाली कांग्रेस बदलेर आएका छौँ, यसले देशलाई बदल्छ । यो नयाँ नेपाली कांग्रेस हो, यो कांग्रेस २.० हो, जसले पुराना कांग्रेसको सबै असल कुराहरूलाई लिएको छ । खराब कुरालाई छाडेको छ,’ सभापति थापाले भनेका छन् ।

पार्टीलाई परिवर्तनको माध्यमका रूपमा प्रयोग गरेर देश बदल्ने सपना साकार पार्ने उद्देश्य रहेको उनले बताए । ‘म तपाईँहरूसँग काम गर्न चाहन्छु, हिँड्न चाहन्छु । बदलिएको नेपाली कांग्रेस एउटा एजेन्सी हो,’ गगनले भनेका छन्, ‘यो एजेन्सीलाई प्रयोग गरेर नेपाल बदल्ने तपाईं–मेरो सपनालाई साकार पार्न चाहन्छौँ ।’

देशलाई सम्हाल्नुपर्ने अवस्था रहेको भन्दै थप ध्वंश हुन नदिने प्रतिबद्धता पनि उनले व्यक्त गरे । ‘यसका लागि बदलिएको नेपाली कांग्रेस, बदल्छौं देश भन्ने विश्वासका साथ हामी तपाईंहरूको माझ आएका छौँ । यो देशलाई आज सम्हाल्नुपर्ने पनि छ,’ भिडियो सन्देशमा उनले भनेका छन्, ‘हामी नेपाललाई सम्हाल्छौँ पनि । हामी देशलाई थप ध्वंसमा पर्न दिँदैनौँ ।’

थापाले उत्तेजना र घृणाको राजनीति नगर्ने तथा सबैलाई साथमा लिएर अघि बढ्ने बताए । ‘हामी कुनै उत्तेजनाको राजनीति गर्दैनौँ, हामी कुनै घृणाको राजनीति गर्दैनौँ । हामी सबैलाई मिलाएर लिएर जान्छौँ । हामी मिलाउने मात्र होइन, नेपालको व्यवस्थालाई बदल्छौं पनि,’ सभापति थापाले भनेका छन्, ‘सुधार्छौँ पनि । नेपालमा शासन गर्ने हाम्रो मति र गतिलाई पनि बदल्छौं भनेर आएका छौँ ।’

युवालाई भविष्य मात्र नभई सहयात्रीका रूपमा लिनुपर्नेमा उनले जोड दिएका छन्। ‘युवाहरू भविष्य हुन् भनेर छाड्ने होइन, पार्टनर हुन् । सँगै हिँड्ने हो,’ थापाले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once