Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
25.1 C
Kathmandu

पर्साका चारै क्षेत्रमा एमालेको जित सुनिश्चित : उम्मेदवार रुपेश पाण्डे

spot_img

वीरगंज,२० माघ । नेकपा एमाले पर्सा क्षेत्र नम्बर–३ का उम्मेदवार रुपेश पाण्डेले पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा नेकपा एमालेको जित सुनिश्चित हुने दाबी गरेका छन् । मंगलबार आयोजित एमाले पर्साको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरू एकजुट भएर लागेमा चारै क्षेत्रमा सहज रूपमा विजय हासिल गर्न सकिने बताए।

उम्मेदवार पाण्डेले वर्तमान अवस्थामा चारैतर्फबाट एमालेमाथि आक्रमण भइरहेको उल्लेख गर्दै पार्टीभित्रका सबै कमजोरी, असमझदारी र मनमुटावलाई त्यागेर एकताबद्ध रूपमा अघि बढ्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे । उनले फागुन २१ गते हुने निर्वाचनमा जिल्लाभरका नेता–कार्यकर्ताहरू सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए।

उनले विगतमा विभिन्न कारणले पार्टीबाट निष्क्रिय भएका नेता तथा कार्यकर्ताहरूलाई पुनः पार्टीमा फर्किन र सक्रिय भूमिकामा आउन पनि आग्रह गरे । एमाले बलियो बनाउन सबैको योगदान आवश्यक रहेको उनको भनाइ थियो ।

नेकपा एमाले पर्साका अध्यक्ष विश्वभर शर्माको अध्यक्षता तथा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार प्रदीप यादव, क्षेत्र नम्बर–२ की उम्मेदवार रिमा कुमारी यादव, क्षेत्र नम्बर–४ का उम्मेदवार जालिम मियाँलगायत जिल्लाका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once