Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
20.1 C
Kathmandu

तीन दिनको गिरावटपछि सुनको मूल्य उकालो, ३ हजार ७ सय रुपैयाँले वृद्धि

spot_img

काठमाडौँ ,२० माघ । पछिल्ला तीन दिनदेखि लगातार ओरालो लागिरहेको सुनको मूल्यमा मंगलबार उल्लेख्य वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले बढेको हो ।

वृद्धिसँगै मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ कायम गरिएको छ । यसले अघिल्ला केही दिनमा देखिएको मूल्य गिरावटलाई आंशिक रूपमा पूर्ति गरेको महासंघले जनाएको छ ।

यसअघि सुनको मूल्यमा नाटकीय गिरावट आएको थियो । आइतबारको तुलनामा सोमबार मात्रै सुन प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८६ हजार ६ सय रुपैयाँमा झरेको थियो । तर त्यो गिरावट लामो समय टिक्न नसकी मंगलबार पुनः सुनको मूल्य उकालो लागेको छ ।

व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिने उतारचढावको प्रत्यक्ष प्रभाव नेपाली सुन बजारमा पनि परेको हो । विश्व बजारको अनिश्चितताले गर्दा सुनको मूल्यमा अस्वभाविक उतारचढाव देखिन थालेको उनीहरूको विश्लेषण छ ।

सुनसँगै मंगलबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । महासंघका अनुसार चाँदी प्रतितोला १ सय ३५ रुपैयाँले बढेर ५ हजार ३ सय ३५ रुपैयाँ पुगेको छ । सोमबार चाँदी प्रतितोला ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

बहुमूल्य धातुको मूल्यमा लगातार देखिएको उतारचढावका कारण यतिबेला उपभोक्ता र लगानीकर्ता दुवै पर्ख र हेरको अवस्थामा पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once