Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
20.1 C
Kathmandu

प्रभु बैंकको नेतृत्व सुमन शर्मालाई: चार वर्षका लागि सीईओ नियुक्त

spot_img

काठमाडौँ ,२० माघ । प्रभु बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा अनुभवी बैंकर सुमन शर्मा नियुक्त हुनुभएको छ ।

बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले शर्मालाई आगामी चार वर्षका लागि बैंकको नेतृत्व सम्हाल्ने गरी नियुक्त गर्ने सर्वसम्मत निर्णय गरेको हो । निवर्तमान सीईओ अशोक शेरचनले आइतबार आफ्नो पदबाट राजीनामा दिएपछि बैंकले कुशल र अनुभवी नेतृत्वको खोजी गर्दै शर्मालाई यो जिम्मेवारी सुम्पेको हो ।

बैंकिङ क्षेत्रमा झण्डै २५ वर्ष लामो विशिष्ट अनुभव सँगाल्नुभएका शर्मा एक सफल र व्यावसायिक बैंकरका रूपमा परिचित हुनुहुन्छ । यसअघि उहाँले सनराइज बैंक र माछापुच्छ्रे बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा कुशल नेतृत्व प्रदान गरिसक्नुभएको छ । आफ्नो करियरको दौरानमा शर्माले ग्लोबल आइएमई र एनएमबी बैंक जस्ता स्थापित वित्तीय संस्थाहरूमा पनि महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभएको थियो, जसले गर्दा उहाँको नियुक्तिसँगै प्रभु बैंकको आगामी यात्रा अझ सबल हुने विश्वास गरिएको छ ।

शैक्षिक रूपमा समेत अब्बल शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र भौतिकशास्त्रमा स्नातकोत्तर गर्नुका साथै अर्थशास्त्र र एमबीए ९फाइनान्स० मा स्वर्ण पदक समेत प्राप्त गर्नुभएको छ । सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट बैंकिङ यात्रा सुरु गर्नुभएका उहाँले नेदरल्याण्डको मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबीए पूरा गर्नुभएको छ । उहाँको प्राज्ञिक दखल र लामो कार्यअनुभवले बैंकलाई थप उचाइमा पुर्‍याउने अपेक्षा सञ्चालक समिति र शेयरधनीहरूले लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once