Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
20.1 C
Kathmandu

पर्सा–२ का जसपा उम्मेदवार अशोक टेमानीको घरदैलो अभियान: मतदातासँग प्रत्यक्ष संवादले लोकप्रियता बढाउँदै

spot_img

वीरगंज (पर्सा), १९ माघ । पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीले चुनावी प्रचार–प्रसार अन्तर्गत मतदातासँग प्रत्यक्ष परिचयात्मक कार्यक्रमलाई तीब्रता दिएका छन्। जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका टेमानीले घरदैलो कार्यक्रममार्फत क्षेत्रका मतदातासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिएका छन्।

सोमबार उनी पर्सागढी नगरपालिका वडा नं. ३ स्थित बड्नियार, पकडिया टोल, चौधरीटोल र झावराह टोलका स्थानीय बासिन्दासँग संवादमा जुटेका थिए। यस क्रममा उनले नागरिकका दैनिक जीवनसँग जोडिएका समस्या, अपेक्षा र सुझाव सुने।

स्थानीयवासीले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिसम्बन्धी चुनौतीहरू उठाएका थिए। सडक र नाला व्यवस्थापन, स्वास्थ्य सेवा र शिक्षाको गुणस्तर, सिँचाइ सुविधा, मल–बीउको उपलब्धता र उत्पादनको उचित मूल्य नपाएको विषयमा उनीहरूले गुनासो पोखेका थिए।

उम्मेदवार टेमानीले स्थानीयले उठाएका समस्याहरूको दीर्घकालीन समाधानका लागि नीति निर्माणदेखि कार्यान्वयनसम्म सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “जनताको आवाज सुन्नै चुनावी अभियानको मुख्य उद्देश्य हो। घरदैलो कार्यक्रममार्फत प्रत्यक्ष संवादले मात्र वास्तविक समस्या पहिचान गर्न सकिन्छ।”

स्थानीय बासिन्दाहरूले पनि घरमै पुगेर उम्मेदवारसँग भेट्दा उत्साह देखाएका थिए। घरदैलो कार्यक्रमले प्रत्यक्ष संवादमुखी शैली अपनाएपछि पर्सा क्षेत्र २ का मतदातामा आशा र सकारात्मक धारणा बढेको स्थानीयहरूको भनाइ छ।

पर्सागढी–३ का विभिन्न टोलमा शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिसम्बन्धी व्यापक समस्या रहेका कारण, विगतमा पटक–पटक जितेर सरकारमा पुगेकाहरूले जनहितमा प्रभावकारी काम नगरेको अनुभव भएको स्थानीय मतदाताले बताएका छन्। यसै कारण यस पटक पर्सा क्षेत्र २ बासी मतदानका लागि उत्साहित रहेको देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once