Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
20.1 C
Kathmandu

गाजामा इजरायली हमला, २८ नागरिकको मृत्यु

spot_img

काठमाडौं,१८ माघ । इजरायल र हमासबीच जारी भीषण द्वन्द्वका क्रममा गाजा क्षेत्रमा शनिबार फेरि घातक हवाई आक्रमण भएको छ। इजरायली वायुसेनाको हमलामा कम्तीमा २८ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन्।

हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका अनुसार मारिनेहरूमा उल्लेख्य संख्यामा महिला र बालबालिका रहेका छन्। विशेषगरी दक्षिण गाजाको खान युनिस क्षेत्रमा विस्थापित मानिसहरूले आश्रय लिएर बसिरहेका पालहरूलाई इजरायली हेलिकप्टरहरूले प्रहार गरेका थिए।

इजरायली सेनाले भने हमास समूहले यसअघिका सम्झौताहरू उल्लंघन गरेको दाबी गर्दै यस कारबाहीलाई औचित्यपूर्ण ठहराएको छ। यो आक्रमणले मानवतावादी संकट झेलिरहेका विस्थापित समुदायमा थप त्रास र पीडा थपेको छ।

सन् २०२३ अक्टोबर ७ देखि सुरु भएको युद्धले पछिल्लो समय झनै विकराल रूप लिँदै गएको छ। हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा अहिलेसम्म ज्यान गुमाउनेको संख्या ७१,६६० नाघिसकेको छ। अन्तर्राष्ट्रिय समुदायले युद्धविरामको लागि दबाब दिए पनि रणभूमिमा हिंसा रोकिएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once