राष्ट्रिय परीक्षा बोर्डद्वारा एसईई परीक्षा तालिका सार्वजनिक

spot_img

काठमाडौं,१७ माघ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८३ को समय तालिका सार्वजनिक गरेको छ। बोर्डको निर्णयअनुसार यसपटक एसईई परीक्षा चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ।

तालिका अनुसार परीक्षा सुरु हुने पहिलो दिन, अर्थात् चैत १९ गते शुक्रबार, अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। सोही दिन वेदविद्याश्रमका विद्यार्थीका लागि अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा पनि सञ्चालन हुने छ।

चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषयको परीक्षा सञ्चालन गरिने छ।

यसपटक एसईई गत वर्षको तुलनामा १२ दिन ढिलो हुने भएको छ। यसको मुख्य कारण २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन मिति तोकिएको हो। गत वर्ष एसईई परीक्षा ७ चैतबाट सुरु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once