Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
18.1 C
Kathmandu

महोत्तरीमा बेपत्ता वृद्धा महिलाको शव फेला

spot_img

महोत्तरी,१६ माघ ।  महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा दुई दिनअघि घरबाट बेपत्ता भएकी एक वृद्धा महिला मृत अवस्थामा फेला परेकी छन् ।

७३ वर्षीया रासोदेवी यादव १४ माघ राति घरमै सुतिरहेको अवस्थामा बेपत्ता भएको उनका छोरा हरि यादवले जानकारी दिएका छन् । परिवार तथा स्थानीयवासीले खोजतलास गर्ने क्रममा घर अगाडिकै उखु बारीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

शवको अवस्था र घटनास्थलको प्रकृति हेर्दा हत्याको आशंका गरिएको छ । तर घटनाको वास्तविक कारण हालसम्म खुल्न सकेको छैन । प्रहरीले घटनास्थलमा सुरक्षा घेरा हालेर शवको मुचुल्का प्रक्रिया अगाडि बढाएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once