Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
18.1 C
Kathmandu

जेनजी आन्दोलनकै अवसरमा फरार कैदीले उपत्यकामा २७ पटक लुटपाट, १० पक्राउ

spot_img

काठमाडौं,१५ माघ । जेनजी आन्दोलनको अवसरमा प्रहरी हिरासतबाट फरार भएका कैदी विनय तामाङ नेतृत्वको समूहले काठमाडौं उपत्यकामा लुटपाटको आतंक मच्चाएको पाइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार बिहान ९ घन्टे अपरेसनमा १० जनालाई पक्राउ गरेको छ। अनुसन्धानका क्रममा विनय नै समूहको मुख्य योजनाकार भएको खुलेको छ। उनी समूह बनाएर उपत्यकाका विभिन्न ठाउँमा सुनका गरगहना, नगद र मोबाइल लुटपाट गर्दै आएका थिए।

पक्राउ पर्नेमा काभ्रे भुम्लु-३ का २३ वर्षीय विनय तामाङ, सिन्धुली मरिण-५ का २४ वर्षीय आयन माझी, मरिण-७ का ३२ वर्षीय सविन माझी, मोरङ पथरीका २३ वर्षीय मनिष रमाइली, काभ्रे चौरी देउराली-१ का २९ वर्षीय पेमा तामाङ, २० वर्षीय सलोन तामाङ, भुम्लु-१ का १८ वर्षीय राजीव भण्डारी, रामेछाप दोरम्भा-८ का ३२ वर्षीय विशाल तामाङ, खोटाङ कालिगढका २८ वर्षीय विदुर विश्वकर्मा र सिन्धुपाल्चोक लिसंखुपाखर-३ का २९ वर्षीय फुर्वा तामाङ छन्।

एसएसपी रमेश थापाका अनुसार, समूहले दिउँसो कार र ट्याक्सी प्रयोग गरी रेकी गर्ने र राति मोटरसाइकलमा लुटपाट गर्ने रणनीति अपनाउने गरेको पाइएको छ। समूहले २७ ठाउँमा शृंखलाबद्ध लुटपाट गरेको देखिएको छ। प्रहरीले लुटपाटमा प्रयोग भएका ६ वटा पल्सर मोटरसाइकल, एक कार र एक ट्याक्सी बरामद गरेको छ।

समातिएका १० जना कैदीमध्ये अधिकांश पटके अभियुक्त हुन्। मुख्य नाइके विनय त हिरासतबाटै फरार भएका थिए। अन्य सदस्यहरू पनि विगतमा डाँका चोरी तथा लुटपाटमा संलग्न देखिएका छन्।

प्रहरीले घटना नियन्त्रणमा लिँदै अनुसन्धान जारी राखेको छ र फरार अन्य सदस्यको खोजीमा सक्रियता बढाएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once