काठमाडौं,१५ माघ । राष्ट्रपति रामचन्द्र पौडेल माघ १८ देखि २१ गतेसम्म जापान भ्रमणमा जाने भएका छन्। भ्रमण नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुनका लागि तय गरिएको हो।
गृहमन्त्री तथा सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले प्रतिनिधिमण्डलको भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको जानकारी दिएका छन्। प्रतिनिधिमण्डल माघ १८ गते प्रस्थान गरी २१ गते फर्किने तालिकामा रहेको छ।





