Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
spot_img
20.1 C
Kathmandu

जनमत उम्मेदवार सर्राफले स्थानीय भेटघाट र घरदैलो अभियान तीव्र पार्दै

spot_img

वीरगंज,१५ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर-१ बाट जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगंजको वडा नम्बर-१५, भिस्वा र बाइपास क्षेत्रमा सक्रिय प्रचार प्रसार अभियान अन्तर्गत भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

कार्यक्रममा बोल्दै सरार्फले भने, ‘निकास र विकासको लागी जनमत पार्टी र हर्न छाप एकमात्र विकल्प हो । जेनजीको मागलाई जनमत पार्टी र यसको एजेण्डाले मात्र पूर्ण रूपमा सम्बोधन गर्न सक्छ ।’ उनले थपे, ‘मैले जेनजीको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएको हुँ । यसैले सम्पूर्ण मतदाताहरूलाई जनमत पार्टीमा गोलबन्द हुन अनुरोध गर्दछु ।’

सो अवसरमा कार्यक्रम स्थलमा सयौं स्थानीय नागरिकको उपस्थिती रहेको थियो । कार्यक्रममा नेताहरू बिध्यालाल प्रसाद, रम्भा मिश्रा, भुपेन्द्र साह, सिए देवराज, डा. मनोज कुमार, दिनानाथ साह, सहनवाज राकि, अजित सोह, मन्जय शर्मा, सुमित सिह लगायतले उम्मेदवार सरार्फको पक्षमा समर्थन व्यक्त गरे ।

उक्त भेटघाट कार्यक्रमले उम्मेदवार सरार्फको जनसम्पर्क र स्थानीय जनताको माझमा जनमत पार्टीको पहुँचलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once