Date
शुक्र, जेष्ठ १, २०८३
Fri, May 15, 2026
spot_img
19.1 C
Kathmandu

सुनचाँदीको भाउमा ऐतिहासिक उछाल, छापावाल सुन तोलामा ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्यो

spot_img

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले बुधबार पनि नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँले वृद्धि भई ३ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै सर्वाधिक मूल्य हो।

यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबारको मूल्य वृद्धिसँगै सुनको भाउले लगातार नयाँ रेकर्ड कायम गरेको महासंघले जनाएको छ।

महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ७३ हजार ३ सय २० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, डलर विनिमय दरमा आएको उतारचढाव तथा आन्तरिक मागको प्रभावका कारण सुनको मूल्यमा वृद्धि भएको अनुमान गरिएको छ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ। मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य प्रतितोला ४ सय ३० रुपैयाँले बढेर ७ हजार ३ सय रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

सुनचाँदीको मूल्यमा आएको तीव्र वृद्धिले बजारमा कारोबार, लगानी तथा उपभोक्ताको खरीद क्षमतामा समेत प्रभाव पर्ने देखिएको छ। आगामी दिनमा अन्तर्राष्ट्रिय बजार र आर्थिक अवस्थाका आधारमा सुनचाँदीको मूल्य थप उतारचढाव हुने सम्भावना रहेको जानकारहरू बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once