Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
20.1 C
Kathmandu

महाशाखाको पूर्वानुमान: सोमबार सामान्य, मंगलबारदेखि मौसम प्रतिकूल हुने

spot_img

 काठमाडौं,१२ माघ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम विवरण सार्वजनिक गर्दै मध्य सातादेखि देशभर मौसम प्रतिकूल हुने चेतावनी दिएको छ।

सोमबार मुलुकका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। तर मंगलबारदेखि पश्चिमी वायु प्रणाली प्रवेश गर्ने भएकाले त्यसको प्रभावमा वर्षा र हिमपातको क्रम सुरु हुने देखिएको छ। सोमबार रातिदेखि नै कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू-भागमा बादल लागेको र केही स्थानमा हल्का हिमपात वा वर्षा प्रारम्भ हुने संकेत देखिएको महाशाखाले जनाएको छ।

मंगलबार दिउँसोदेखि पश्चिमी वायु प्रणाली अझ सशक्त हुने भएपछि गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च हिमाली क्षेत्रमा हिमपातको दायरा बढ्नेछ। पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। मंगलबार राति यो प्रणाली थप सक्रिय भई लुम्बिनी लगायतका क्षेत्रमा मध्यम वर्षा र हिमपात गराउने अनुमान गरिएको छ। तराईका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने सुदूरपश्चिम र लुम्बिनीका कतिपय क्षेत्रमा चट्याङ पर्न सक्ने भएकाले मौसमविद्हरूले सतर्क रहन सुझाव दिएका छन्।

बुधबार यो प्रणाली देशभर फैलिएर पूर्ण रूपमा सक्रिय हुने प्रक्षेपण गरिएको छ। उक्त दिन देशभर सामान्यतया बदली रहनेछ र सबै उच्च पहाडी तथा हिमाली भेगका धेरैजसो स्थानमा मध्यम हिमपात हुने देखिएको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना पनि छ। बुधबार राति यस प्रणाली क्रमशः कमजोर हुँदै जाने र कोशी तथा बागमतीका केही हिमाली भेगमा फाट्टफुट्ट हिमपात बाहेक अन्यत्र मौसममा क्रमिक सुधार आउने महाशाखाले उल्लेख गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once