Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026
spot_img
20.1 C
Kathmandu

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी जवान मृत अवस्थामा फेला

spot_img

दाङ,११ माघ ।  जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक जना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। घोराही उपमहानगरपालिका–२ रामपुर निवासी प्रहरी जवान हरी जिसीको शव घोराही उपमहानगरपालिका–१८ घरडौराको जंगल क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जिसी यही माघ ८ गते बिहान ड्यूटी सकेर स्कुटी लिएर निस्केका थिए। त्यसपछि उनी तीन दिनसम्म सम्पर्कविहीन भएका थिए। खोजीका क्रममा उनको स्कुटी बाटोमा भेटिएको थियो भने थप खोजी गर्दा जंगल क्षेत्रमा उनको शव फेला परेको हो।

स्रोतका अनुसार उनका बुबा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचाररत थिए। पारिवारिक परिस्थितिका कारण उनी केही समयदेखि मानसिक तनावमा रहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार पोस्टमार्टम प्रक्रिया पूरा भइसकेको छ भने मोबाइललगायत अन्य पक्षको अध्ययनपछि घटनाको वास्तविक कारणबारे थप विवरण खुल्नेछ।

प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once